News & Updates

सुर्खेत, फागुन २९ । नेपाल राष्ट्रका आधिकारिक प्रथम जगद्गुरु श्रीबालसन्त महाराज श्री सुदुर पश्चिम प्रदेशको दार्चुलाबाट अछामको साफेबगर हुँदै आज साझ सुर्खेत आइपुग्नु हुदैछ ।

जगद्गुरु महाराजश्री नेपालका सातै प्रदेशका बिशिस्ट ब्यक्तित्वहरुलाई आगामी कुम्भ मेलाको निमन्त्रणा गर्न देश दौडाहामा निस्कनु भएको थियो ।

कुम्भ मेला यहि चैत २३ गतेदेखि बैशाख २४ गतेसम्म १ महिना भर बराहक्षेत्र चतराधाम स्थित कोशि नदि किनारमा संचालन हुने भएको छ।

जिल्ला भ्रमणको क्रममा नेपालका प्रथम जगद्गुरु एबम पिण्डेश्वर कुम्भमेलाका अन्वेषक श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजले कुम्भ मेलाको अवसरमा पबित्र कौशिकी गङा मा हुने कुम्भ स्नानमा सहभागी भै कुम्भ स्नान गर्न सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्नु हुनेछ ।

समुन्द्र मन्थन पछि प्राप्त अमृत पिण्डबाट निर्मित पिण्डेश्वर महादेवको स्थापना गरि स्वयं भगवान बिष्णुले नेपालको चतराधाम स्थित कोशी किनारमा शुरु गर्नुभएको कुम्भ मेला समयान्तरमा लुप्त हुन पुगे पछि शास्त्रीय प्रमाणको आधारमा जगद्गुरु श्रीबालसन्त महाराजश्री ले २०५९ साल देखी पुनः शुरु गर्नु भएको हो ।

जगद्गुरु महाराज श्रीले सुर्खेत भ्रमणको क्रममा भोलि ३० गते बिहीवार बिहान कर्णाली प्रदेशका प्रदेस प्रमुख, मुख्य मन्त्री र अन्य बिशिस्ट ब्यक्तित्व सङ भेट्घाट गरी कुम्भमेलाको निमन्त्रणा गर्ने र १० बजेपछि सुर्खेत बजार स्थित राधाकृष्ण मन्दिरमा सुर्खेतका सर्बसाधारण सबै श्रद्धालु भक्तजनलाई कुम्भ स्नान को महिमा बताउदै कुम्भ मेलाको निमन्त्रणा गर्नुहुने कार्यक्रम रहेको छ ।

स्मरणीय छ कि खोजमुलक यस महत्वपूर्ण कार्यको उच्च मुल्यांकन गर्दै भारतको बनारस स्थित काशी पण्डित सभा र काशी विद्वत परिषदले उनै बालसन्त महाराजलाई २०६७ बैशाख १ गते जगद्गुरुको उपाधी द्वारा विभूषित गरेको थियो ।

यसरी कुम्भमेलाको संचालन र जगद्गुरु उपाधि प्राप्ति सङै जगद्गुरु महाराज श्री ले सम्पुर्ण नेपाली लाई भावनात्मक रुपमा जोड्ने उद्देश्यले ३ बर्ष लगाएर नेपालको तत्कालीन ७५ जिल्लाको पैदल परिक्रमा गर्दै प्रत्यक नेपालीको घर घरबाट पत्रु तामा पित्तल लगायत अष्ट धातु र न्युनतम एक रुपैयाँ संकलन गरि कंचनपुर जिल्लाको भम्केनीधाम मा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माण गराउदै हुनुहुन्छ ।

स्रोत : http://bulbulekhabar.com/2019/03/21676?fbclid=IwAR3ydupqqop2XqSal4GdGIEB3uL5TgFdLpLGAy3owvIFMUFBdNIOu48_xbs