News & Updates

जगद्गरु संञ्चार केन्द्रका प्रनिनिधिले  बराहक्षेत्र नगरपालिका प्रमुख तथा दोस्रो अर्धकुम्भमेलाका सहअध्यक्ष निलम खनाल संग द्रोस्रोकुम्भमेलाका विषयमा लिइएको  अन्तरवार्ता 

 


प्रनिनिधि ः कुम्भ भनेको के हो ?
कुम्भको शाब्दिक अर्थ घैटा , घडा अथवा कलश हो अर्थात अमृतरुपी घैंटो नै कुम्भ हो ।


प्रनिनिधि ः कुम्भमेला भनेको के हो ? 
तपोनिष्ठ ठूला ठूला सन्त महन्त साधु सज्जनहरु जहां एकत्रित भई मंगल कुरा गर्दछन ,हितोपदेश गरी सम्पूर्ण भक्तजनलाई धन्य तुल्याउर्दछन त्यो नै कुम्भ मेला हो ।


प्रनिनिधि ः कुम्भ मेलामा खास के गरिन्छ ?
कुम्भमेलाको सबैभन्दा महत्वपूर्ण पक्ष स्नान ,दान ,सन्तहरुको सम्मान र तिनकोे दर्शन हो । कोका कोसीको संगम स्थलमा स्नान विभिन्न प्रकारका दान जस्तै चन्दा सुन चांदी धान चामल अन्य अन्नहरुको दान चन्दा दान खाद्यान्न दान पानी दान आदी महत्वपूर्ण मानिन्छन् त्यस्तै स्वदेश तथा विदेशका ठूला ठूला सन्तमहन्त धर्माचार्य विद्वानहरु बोलाएर तिनीहरु प्रति सम्मान प्रकट गरी सन्तुष्ट तुल्याउनु ,तिनीहरुको दर्शन गर्नु ,उनीहरुका प्रवचन ,हितोपदेश सुन्नु कुम्भका विशेषता हुन ।


प्रनिनिधि ः कुम्भ मेला बाट राष्ट्रलाई के फाइदा हुन्छ ?
कुम्भले नेपाल राष्ट्रलाई आर्थिक,सामाजिक ,संस्कृतिक सवैरुपमा भरपूररुपमा फाइदा गर्छ जस्तैः
– नेपाल पनि कुम्भ राष्ट्रको रुपमा परिचित हुने ,
– नेपालको छुट्टै पहिचान कायम हुने, 
– आन्तरिक तथा वाह्य पर्यटकको विकास हुने ,
– धर्मका नाममा बर्सेनी स्वदेशी मुद्रा विदेसिने गरेकामा त्यसलाई रोकि राष्ट्रमै प्रयोग गर्न सकिने ,
– नेपाल प्रमुख धार्मिक गन्तव्य स्थलका रुपमा स्थापित हुन,े 
– धेरैले रोजगारीको अवसर प्राप्त गनर्,े 
– चारित्रिक उत्थान हुने , आदि जस्ता विभिन्न विषयमा फाइदा हुन्छ ।


प्रनिनिधि ः २०७५ को अर्ध कुम्भमा के कस्ता कार्यक्रमको आयोजना गरिदैछ ?
शंकराचार्य, वैष्णवाचार्य जगद्गुरु अनन्तश्री विभुषित श्री बालसन्त मोहन शरण देवाचार्य त्यसैगरी आयुर्वेदिक अन्वेषक डा.श्री वैष्णव कष्णदास जी महाराज एवम् शंकराचार्य पीठाधीश्वर कैलाशनन्द सरस्वती स्वामी ज्यूहरु संग साक्षात्कार गर्न पाइने 
वेद,पुराणदि ग्रन्थहरुको पारायण कोटी दिप प्रज्वलन अखण्ड हरिनाम संकीर्तन ,रुद्री,चण्डी ,गायत्री आदी मन्त्रहरुको अनुष्ठान गोपाल, विष्णु ,साम सहस्रनाम पाठ,योग साधना सामुहिक व्रतवन्ध आदी


प्रनिनिधि ः चतराको कुम्भलाई किन पिण्डेश्वर कुम्भ भनिएको हो ?
अति नै संक्षिप्त रुपमा भन्न चाहेँ, अमृतका थोपा मात्र खसेका भारतका ४ ठाउं प्रयाग ,नासिक ,उज्जैन र हरिद्वारमा कुम्भमेला लाग्दछ भने नेपालको त पिण्डेश्वरमा अमृतको सार वा भनौं तर अथवा छाली नै बटारेर भगवान विष्णुले पिण्ड बनाएकाले त्यही पिण्डेश्वरको नाम बाट चतरामा कुम्भ मेला लागेको हो ।


प्रनिनिधि ः कुम्भको कुन पौराणिक मान्यता बाट कुम्भ मेला लागेको हो ?

समुन्द्र मन्थन बाट विष र अमृत दुवै निस्किए विष भगवान् शंकरले तोकेको कल्याण गरे भने अमृत पाउनका लागि देवता र राक्षषका बिच घमासान युद्धनै भयो ।अमृतको कलश वा घैटी जोगाउन देवताहरुलाई आच्छु आच्छु पर्यो त्यस्तैमा इन्द्रका शक्तिशाली छोरा जयन्तले त्यो अमृतको घौटो कागको स्वरुप लिई कुदे । राक्षसहरु पछि पछि लागे छिना झप्टीमा अमृतका एक एक थोपा झरे जहाँ जहाँ झारे ती ती ठाउँमा कुम्भमेला लागे ।


प्रनिनिधि ः यसपालिको कुम्भ कुन स्थानमा र कहिले कहिले पर्छ ?

वसन्तऋतु चैत्र महिनाको शुक्लपक्ष प्रतिपदाबाट चैत्र शुक्ल पूर्णिमासम्म स्वयम् भगवान् विष्णु आफैँ आएर कौशिकी तटमा कुम्भस्नान गर्नुभएको हो । चतराको कुम्भमा त्यसैले राशि, ग्रह आदिको संयोग जुराउनु पर्दैनरहेछ, सोझै वर्षका आधारमा चैत्र शुक्ल प्रतिपदाबाट प्रारम्भ गर्दा हुनेरहेछ । र यसलाइ पनि महास्नानहरु ः 
 चैत्र शुक्ल प्रतिपदा (उद्घाटन)
प्रथम स्नान चैत्र शुक्ल पञ्चमी
दोस्रो स्नान चैत्र शुक्ल पूर्णिमा 
तेस्रो स्नान वैशाख शुक्ल औंसी 
पाचौं स्नान वैशाख शुक्ल तृतिया (समापन) छन् ।

धन्यवाद ।।