News & Updates

 

संके ४ चैत्र | नेपाल प्रथम जगद्गुरु श्रीबालसन्त महाराज नेपालका सातै प्रदेशको भ्रमण सम्पन्न गरि आज देशको केन्द्रीय राजधानी  काठमाडौँ  आइपुग्नु भएको छ । वहा नेपालका सातै प्रदेशका  प्रदेश प्रमुख लगायतका बिशिस्ट ब्यक्तित्वहरुलाई चतराधाम बराहक्षेत्रमा यहि चैत्रको अन्तिम सातादेखि शुरु   हुने अर्ध कुम्भमेलाको   निमन्त्रणा गर्न केहि साता अघि देश ब्यापी भ्रमणमा निस्कनु भएको थियो । 


विश्व कै पाचौ र नेपालको एक मात्र कुम्भस्थल चतराधाम बराहक्षेत्र कोशि नदि किनार मा यहि चैत २३ गतेदेखि बैशाख २४ गतेसम्म १ महिना भर बिशाल कुम्भ मेला संचालन हुने भएको छ।

बैदिक सनातन शास्त्रका अनुशार समुन्द्र मन्थन पछि प्राप्त अमृतका थोपा झरेका  भारतका हरिद्वार  प्रयाग  नासिक र उज्ज्यीन  गरि ४ स्थान  र  सोहि अमृतको तर (छाली )को  पिण्डबाट निर्मित पिण्डेश्वर महादेवको स्थापना गरि स्वयं भगवान बिष्णुले नेपालको चतराधाम स्थित कोशी किनारमा शुरु गर्नुभएको  एक कुम्भ मेला गरि पृथ्वीमा जम्मा ५ कुम्भस्थल अस्थित्वमा भए पनि भारतका चार स्थानमा मा सदियौ देखि कुम्भमेला लागिरहेको तर  नेपालको चतराधाम मा लाग्ने कुम्भ मेला समयान्तरमा लुप्त हुन पुगे पछि शास्त्रीय प्रमाणको आधारमा जगद्गुरु श्रीबालसन्त महाराजश्री ले २०५९ साल देखी पुनः शुरु गर्नु भएको थियो | । २०५९ को प्रथम पिण्डेश्वर कुम्भमेला , २०६३|६४ को अर्ध कुम्भ मेला र गत २०७०|७१ मा सम्पन्न दोश्रो पूर्ण महाकुम्भ मेला भव्यताका साथ सम्पन्न भए पछी  नेपाली  भूमिमा लाग्ने कुम्भ मेलाको चौथो शृंखलाको रुपमा आगामी  कुम्भ मेला लाग्ने  भएको हो |

 

प्रदेश भ्रमण सम्पन्न  संगै  काठमाडौँ  आइपुग्नु भएका जगदगुरु महाराज श्रीले आज ५ गते एक दिन काठमाडौँ उपत्यकाका केहि संचार सस्था र संचारकर्मीमार्फत उपत्यका बासीलाई लाई कुम्भ मेला ,  कुम्भ स्नान  यसका महत्वको बारेमा जानकारी गराउदै यसको प्रचारप्रसारमा सहयोग   गर्न आग्रह गर्नु हुने छ   | सो अवसरमा  नेपालको एकमात्र पिण्डेश्वर कुम्भमेलाका अन्वेषक एबम नेपाल राष्ट्रका  प्रथम जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजले कुम्भ मेलामा पबित्र कौशिकी गङा मा हुने कुम्भ स्नानमा सहभागी भै कुम्भ स्नान गर्न सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्नु हुने छ । 


स्मरणीय छ कि खोजमुलक यश महत्वपूर्ण कार्यको उच्च मुल्यन्कन गर्दै भारत को बनारस स्थित काशी पण्डित सभा र काशी विद्वत परिषद ले उनै बालसन्त महाराज लाई २०६७ बैशाख १ गते जगद्गुरु को उपाधी द्वारा विभूषित गरेको थियो ।
यसरी कुम्भमेलाको संचालन र जगद्गुरु उपाधि प्राप्ति सङै जगद्गुरु महाराज श्री ले सम्पुर्ण नेपाली लाई भावनात्मक रुपमा जोड्ने उद्देश्यले ३ बर्ष लगायेर नेपालको तत्कालीन ७५ जिल्लाको पैदल परिक्रमा गर्दै प्रत्येक नेपालीको घर घरबाट पत्रु तामा पित्तल लगायत अष्ट धातु र न्युनतम एक रुपैयाँ संकलन गरि कंचनपुर जिल्लाको भम्केनीधाम मा ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माण गत  फाल्गुन २४ गते शुरु भैसकेको छ ।

 

नेपाल मात्र नभई  विश्वभरी रहेका अरबौ  हिन्दु हरुको धार्मिक पर्यटकीय गन्तब्य बन्न  सक्ने  यस कुम्भ मेलाको प्रचार प्रसार गरिदिएर  यसको  प्रबर्धन  गरि देशको धार्मिक आर्थिक  र  सामाजिक बिकासको लागि  सहयोग  गर्न सम्पूर्ण  संचार केन्द्र एबम संचारकर्मीहरुलाई   स्वयं जगद्गुरु महाराज श्रीले अनुरोध गर्नु भयको छ | कुम्भ मेला शुरु हुन केहि सातामात्र रहेको यस घडीमा  कुम्भमेला बिशेषका सन्दर्भमा पुज्य  जगदगुरु महाराज श्रीका सन्देशहरु रेकर्ड गरि प्रसारण प्रकासन गरि नेपाल को एक मात्र र बिश्वकै पाचौ कुम्भस्थल चतराधाम मा लाग्ने कुम्भामेला को प्रबर्द्धन गर्ने कार्यमा सहयोग गरिदिनुहुन जगद्गुरुनेपाल संचार केन्द्र चतराधाम सुनसरी नेपाल यहहरुमा अनुरोध गर्दछ । 

जगदगुरु महाराज श्री संग प्रत्यक्ष सम्पर्कका लागी

जगद्गुरुनेपाल संचार केन्द्र 
चतराधाम सुनसरी नेपाल 
सम्पर्क : ९८५१०४८२३७ ,९८४२२९९१७७