News & Updates

 
 
 
 
 
       
भेषराज घिमिरे
बराहक्षेत्र न.पा–२, सुनसरी
नेपालका नदीहरूमध्ये सवैभन्दा ठूलोनदी कोशी नदी हो । जुन नदी धार्मिक दृष्टिले मात्र हैन वातावरणीय दृष्टिकोणले, उर्जाको स्रोतको दृष्टिले, पर्यटकीय ¥याफ्टिङ्गका दृष्टिले, जलमार्गका दृष्टिका साथै रमणीय सौन्दर्यको दृष्टिले समेत कोशी नदी महत्वपूर्ण र लोक कल्याणकारी छ । जसलाई विभिन्न पुराणहरूमा “कौशिकी” भनेर पुकारिन्छ ।
कौशिकी नदी अन्य नदीहरू भन्दा श्रेष्ठ र पवित्र छ । स्कन्द पुराणका आधारमा – सूतजी महाराज कैंयौ ऋषिमुनीहरू (शौनकादि) लाई राखेर भन्नुहुन्छ, एक दिन कशिक नाम गरेका ऋषि नदीमा स्नान गरी दुर्गा भगवतीको स्तुति गर्दै हुनुहुन्थ्यो । ऋषिका स्तुतिले 
भगवती प्रशन्न भई जलबाटै “हे मुनी तिम्रो आराधनाबाट म प्रसन्न भएं सबैलाई कल्याण हुने तिमीलाई म वरदान दिन्छु, आजदेखि तिम्रो नामले युक्त भएका सातधाराहरू मेरै मूर्तिका रूपमा रहेर जगतलाई रक्षा गर्नेछन् । यी ७ धाराहरू भनेका शुभश्रवा, पापहनी, भद्रवती, महाब्रहा, वरदा, दुःखहनी र सत्या वाहिनी हुनेछन् र यिनै सप्त नदीहरु, सप्तकौशिकी नामले जगतमा प्रशिध्द्ध भएर रहनेछन्” भनेर कुशिक ऋषिलाई आशीर्वाद दिइन् र माता भगवती अन्तध्यर्हन भइन् । यिनै नदीहरू, अहिले दुधकोशी, तामाकोशी, सुनकोशी, अरूण, तमोर, लिखु र इन्द्रावती नामले चिनिन्छन् । यी सातै नदीको संयुक्त नाम नै सप्तकोशी हो ।
स्कन्दपुराणमै अर्को प्रसङ्ग पनि छ । भगवती कौशिकीलाई किन आदि गंगा भनिएको हो ? के?यी नदी भन्दा अरू नदीहरू महत्वपूर्ण छैनन ? अरू नदीहरू किन आदि गङगा भएनन् ? भनेर शौनकादि मुनीहरूले सूतजी महाराजलाई सोधे । त्यसपछि सूतजी भन्नु हुन्छ हे ! – शौनकादिहरू हो, यस पृथ्वीमा सबैभन्दा पहिला कौशिकी नै उत्पत्ति भएकी हुन् अर्थात गङगा नदी भन्दा ७ दिनले जेठी कौशिकी नदीछिन् अत्यन्तै पवित्र र लोक पावनी नदीपनि कौशिकी नैहुन भनेर सूतजी महाराजले शोनकादि ऋषिहरूलाई व्यक्त गरेका कुराहरूले पनि कौशिकी नदीको दिव्यता महिमा कस्तो रहेछ भन्ने कुरा प्रस्ट हुन्छ ।
त्यसैले भागीरथी आदि गङगा त कौशिकी रहिछिन् भन्ने कुरा पनि प्रस्ट हुन्छ । आदि गङगा कौशिकीले कलियुगमा पनि सम्पूर्ण मानव लगायत समस्त प्राणीहरूकै कल्मष, पाप तथा विकारहरू नष्ट गरिदिने यिनै कौशिकी मात्र हुन भनेर पुराणहरूमा अल्छि नमानी व्याख्या गरेको पाइन्छ । भगवान् वराहले पनि वराह पुराणमा भूलक्ष्मीलाई भन्नुभएको रहेछ – हे लक्ष्मी ! पृथ्वी तलमा आदि गङगाको रूपमा प्रकट भएकी सप्त कौशिकी समानको तीर्थ अरूकुनै छैन भनी सिध्द गरिदिनु भएको छ ।
यस्ती पवित्र लोक पावनी नदी कौशिकी किनारमा जगद्गुरू महाराजश्रीले २०५९ सालमा कुम्भ लगाउनु पर्दछ भनी आव्हान गर्नुभयो । यसमा केहि विमति आएपनि असख्य मानिसहरूको उपस्थितिमा “महाकुम्भ पर्व” सम्पन्न भयो । नेपालमा कुम्भ पर्वको सत्सङ्कल्प जगद्गुरू महाराजश्री नै गर्नु भएको हो । वराहक्षेत्र चतराधामको कुम्भको सन्देश देश विदेशमा समेत सकारात्मक रूपमा परिरहेकै छ । नेपालको कुम्भलाई पांँचौँ कुम्भका रूपमा मान्यता प्राप्त भएकै छ । यसरी नयाँ आयामको सृजना गरेर नेपालकै गौरव र यस धराधामलाई शिखर उचाइमा पु¥याउन जगद्गुरू महाराजश्रीमा त्याग, तपश्या,सहज, देशप्रेम र धार्मिक अगुवाई गर्ने क्षमता देखेर नै भारतीय पंडित सभाका विद्वानहरूले २०६७ साल वैशाख १ गते वाराणसीमा “जगद्गुरू”को पद प्रदान गरी विभूषित गरेका थिए । आज दिउसै तर्साउने निशा जस्तो भूमिलाई आज जगद्गुरू महाराजश्रीले कुम्भको राजधानी बनाउन सफल हुनु भएको छ । यिनै महत्वपूर्ण धार्मिक तथा सामाजिक कार्यहरूले वराहक्षेत्रमा मात्र हैन नेपालका अन्य तीर्थ स्थलहरूमा समेत आन्तरिक तथा वाह्य पर्यटनको विकास र प्रवर्धनमा उल्लेख्य रूपमा कार्र्य सफल भएको छ । यो पावन अवसरमा सम्पूर्ण धर्मानुरागी महानुभावहरूलाई वराह भगवानको दर्शन र कौशिकी स्नान नगरी अरू तीर्थको दर्शन गरेको कुनै औचित्य छैन भन्ने शास्त्रीय प्रमाण जनजन पु¥याउन अनुरोध गर्दै आगामी अर्धकुम्भ मेलामा चतरामा पाल्नुहुन हार्दिक अनुरोध गर्दछु । अस्तु । जय राधे ।