News & Updates

                   पुज्यपाद जगदगुरु महाराजश्री बिगतका खोज र अनुसन्धान कार्यलाई  दिदै  बिशाल कुम्भ मेलाको समापन लगत्तै     यसै साता पूर्वीनेपाल को  ताप्लेजुंग जिल्ला को काबेली  नदि किनार पुग्नु भएको थियो l नेपाल भित्रै भगवान शिवका द्वादस ज्योतिर्लिंग समेत रहेको कुरा शास्त्रमा प्रमाण रहेको बताउदै आउनु भएका जगदगुरु महाराज श्रीले शास्त्रोक्त तत् तत् स्थान को स्थलगत  अवलोकन  गरी  जिर्णोद्वार र प्रचार प्रसार गर्न  क्रम मा  यस पटक  महाकाल  ज्योतिर्लिंग रहेको भनिएको पौराणिक स्थल को खोजी गर्दै  ताप्लेजुंग पुग्नु भएको हो l पुराणमा तमोर नदि र काबेली  नदीको संगमस्थल हालको मेवाखा मानै महाकाल  ज्योतिर्लिंग रहेको  बताइएको छ  भनेर जगदगुरु महाराज श्री ले भन्दै  आउनु भएको छ l

स्थलगत अवलोकनका  अवसरमा विश्व हिन्दु परिषद नेपाल का केन्द्रीय  अध्यक्ष श्री देवराज अधिकारि , धर्माचार्य श्री कृष्ण प्रसाद गुरागाईं ,  पं. होमनाथ शास्त्री उपाध्याय र जगदगुरु जन्मस्थल संरक्षण केन्द्रका अध्यक्ष लिलानाथ  भट्टराई , जोरपोखरी संस्कृत  गुरुकुल का आचार्य श्री योगेश्वर  भट्टराई का साथमा   ताप्लेजुंग जिल्ला का प्रमुख जिल्ला अधिकारी श्री अर्जुन भण्डारी लगायत जिल्ला का  अधिकांस कार्यालय प्रमुख  ज्यू हरुको उपस्थिति रहेको थियो l  

जिर्णशिर्ण मात्र नभई  स्थानिय स्तरमा बेवास्था समेत  गरिएको यती महत्वपूर्ण मन्दिरको जिर्नोद्दर कार्यको शुरुवात पुज्य पाद  महाराज जगदगुरु माहाराज श्रीका करकमलबाट  सम्पन्न मन्दिर निर्माण का लागि  भयो lअहिंशा का पुजारी भगवान  बुद्धको जन्म दिवस पारेर सम्पन्न   उक्त  भेलामा भक्तजन ले  उत्साहित  हुदै  महाकालेश्वर ज्योतिर्लिंगको  भब्य मन्दिर स्थापनार्थ  लगभग ३ लाख नगद का साथै गीटी , बालुवा , इटा लगायतका भौतिक सामाग्रीहरु समेत प्रदान  गर्ने शंकल्प  गरेका थिए l यसै आवसरमा विश्व हिन्दु परिषद्का केन्द्रीय अध्यक्ष समेत रहनु भएका धरान निवासी देवराज अधिकारी ली मन्दिर को गजुर प्रदान गर्ने बचन  दिनु दिनु भयो  l