News & Updates

                       जगाद्गुरु पीठ मा गोपाल महायज्ञ सम्पन्न 

मिति                 २०७७ कार्तिक १५ गते असोज शुल्क पूर्णिमा ( कोजाग्रत पूर्णिमा) का दिनदेखि  प्रारम्भ भएर २०७७ मंसिर १५ गते कार्तिक शुल्क पूर्णिमा (निम्बार्क जयन्ती ) सम्म  नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु  अनन्त श्री विभूषित श्री बालसन्त मोहन शरण देवाचार्य महाराजश्रीको सत् संकल्पमा प्राचीन हरिद्वार चतराधाम स्थित प्रथम जगद्गुरु पीठमा मन्त्र मन्त्रराज गोपाल महामन्त्रको जपात्मक एवं हवनात्मक गोपाल महायज्ञ सम्पन्न भएको थियो l नवबर्ष २०२० को प्रारम्भ संगै समग्र विश्वलाई नै आक्रान्त पार्दै महामारीका रूपमा फैलिएको कोरोनाको कहरबाट उन्मुक्तिकालागि आफू रहेको जगद्गुरु जस्तो गरिमामय पदको कर्तव्यको निर्वाह गर्दै विश्व कल्याणार्थ अब मैले केही गर्नुपर्छ भन्ने भावनालाई आत्मसात गर्दै आदिदैविक,आदिभौतिक र अध्यात्मिक जस्ता सबै प्रकारका तापहरुलाई समाप्त गर्नेवाला केवल भगवान् श्री कृष्णको नाम मात्र हो भान्ने जानेर चतुर्मास र पुरुषोत्तममासको अवसरमा उनै गोलोक विहारी भगवान् श्री कृष्णको नामयुक्त दिव्य गोपाल महामन्त्रको १८,००,००० (अठार लाख)  संख्यामा दिव्य जपात्मक अनुष्ठानमा पूज्यपाद जगद्गुरु  महाराजश्री बस्नुभएको थियो l सोही अनुष्ठानको पुरश्चरण हेतु प्रथम जगद्गुरु पीठ प्राचीन हरिद्वार चतराधाममा दिव्य गोपाल महायज्ञको आयोजना गरिएको थियो l

              एक महिना सम्म आयोजित महायज्ञमा पूज्यपाद जगदगुरु महाराजश्रीको संरक्षकत्वमा संचालित श्री राधा कृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुलम्  मा.वि.का प्राचार्य आचार्य श्री हरि शरण उपाध्याय (लोमश रेग्मी) ज्यू तथा ज्योतिषाचार्य पं श्री नेत्र नेपाल ज्यू आचार्यद्वयको आचार्यत्वमा सोही गुरुकुलका अन्य गुरुहरु तथा अद्ययनरत विद्यार्थी बटुकगुरुजनद्वारा दिव्य जपात्मक एवं हवनात्मक यज्ञानुष्ठान सम्पन्न भएको थियो l अनुष्ठानरत गुरुहरुद्वारा १ महिना सम्म प्रातःकाल ०३:०० बजेबाट ०६:०० बजेसम्म वैदिक सन्ध्यावन्धन सहित गायत्री, शरणागति र गोपाल महामन्त्रको जप, बिहान ०६:३० बजेबाट दिनको १२:३० बजेसम्म स-मन्त्रक हवनादि कर्महरु, भगवान श्री सर्वेश्वर प्रभुको अभिषेक तथा महारुद्रीपाठ, महालक्ष्मीजीको  श्रीसुक्त, कनकधारा स्त्रोत्र पाठ साथै नित्य साँझमा आकाशदीप प्रज्वलन पनि भएको थियो   l महायज्ञकै अवसरमा श्री राधाकृष्ण युगल सरकार महाप्रभुका चरणकमलमा १८,००,००० (अठार लाख)  संख्यामा तुलसीपत्रद्वारा अर्चनापनि गरिएको थियो l यज्ञ समापनको दिन सप्तकौशीकी महारानीको  पवित्र जलमा सभालाख गौ माताको दुग्धद्वारा महाअभिषेक एवम् पावन तटमा अठारलाख (लक्ष्यदीप) प्रज्वलन गर्दै स्वदेश तथा विदेशमा रहनुहुने श्रद्धालु भक्तजनहरुको साथ र सहयोगले भव्यताकासाथ श्री गोपाल महायज्ञ समापन भएको थियो