News & Updates

     

               पुज्यपाद अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य माहाराज श्री केहीदिनका लागी   मुस्तांग पुग्नु भएको छ lकोभिड १९ का कारण  लामो समय मूल गद्दी चतराधाममै अनुष्ठानमा रहनु भई गत महिना मात्र  पश्चिमान्चल क्षेत्रको भ्रमणमा निस्कनु भएका पुज्यचरण एक साता देखि मुक्तिक्षेत्रमा हुनुहुन्छ l विश्व कै पबित्र चार  क्षेत्र मध्येको एक मुक्तिनाथ क्षेत्र रहेको मुस्तांङ् जिल्लामै   भगवान शिवका द्वादश​ ज्योतिर्लिङ्ग  मध्ये एक सोमनाथ ज्योतिर्लिङ्ग रहेकोकुरा  जगदगुरु महाराज श्रीले खोज गर्नु भएको थियो l  विश्वका हिन्दुहरुको आराध्यदेव शर्वेश्वर शालग्राम उत्पादान गर्ने गण्डकी गङ्गा बग्ने मुस्तांग जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोण ले अति महत्वपूर्ण क्षेत्र हो जहाँ नेपालका प्रथम ऐतिहासिक जगदगुरुको  तेश्रो गद्दी समेत  स्थापना  गर्ने उद्देश्यले भौतिक पूर्वाधारहरु निर्माण भैरहेको छ l

          यस पटकको बसाइ नितान्त खोज तथा अध्ययनको लागि  भएकाले निकट भविष्यमा देश विदेशका भक्तजन को उपस्थितिमा एक भब्य कार्यक्रम को आयोजना गरेर तेस्रो जगदगुरु पीठ,  निलाद्री पीठको उद्घाटन हुने कुरा जगदगुरुका प्रबक्ता बिक्रम धामी ले बताउनु भएको छ l  पुज्यश्रीले यस अघि जगदगुरु आश्रम गोपालधाम सेवा केन्द्र,  पोखरा र नृसिंहधाम मोदिबेनी पर्बत मा साताव्यापी सत्संग तथा  प्रवचन दिनु  भएको थियो l