News & Updates

          पूज्यपाद् जगद्गुरु महाराजश्री बर्तमान समयमा नेपालको पश्मिाञ्चल क्षेत्रको भ्रमणमा रहनुभएको छ । यात्राको क्रममा मिति २०७७ चैत्र १ गते बाट ५ गते सम्म बागलुङ्ग न.पा–३ अवस्थित श्री राधा कृष्ण मन्दिरको आयोजनामा आयोजीत पञ्चम दिवशिय सत्सङ्गात्मक अध्यात्मिक प्रवचन कार्यक्रममा महाराजश्री बागलुङ्गमा रहनुहुने भएको हो । दिउसो २ बजे देखि ४ बजे सम्म ५ दिन  आयोजनाहुने उक्त कार्यक्रममा पूज्यपाद् जगद्गुरु महाराजश्रीका मुखारवृन्दबाट देश भित्र रहेका तिर्थहरुका महत्वको विषयमा विभित्र शास्त्रहरुमा वर्णित प्रमाणहरुको अधार व्याख्या गर्नुका साथै देशका विभित्र स्थानहरुमा प्रचार प्रसार नभएर लुप्तावस्थामा रहेका तिर्थहरुको वषयमा प्रवचन गरिनेकुरा सोहि कार्यक्रमका अध्यक्ष श्री रमेश राज भण्डारीले जानकारी गराउनुभएको छ ।