जगदगुरुको इतिहास र परिचय

विधर्मीहरुको आक्रमणबाट  जब बैदिक सनातन धर्ममा संकट आइपर्थ्यो तब तब  भागवत गीता को आफ्नो बचन पुरा गर्न भगवान स्वयम सन्तको रुपमा  पृथ्वीतल मा  प्रकट भै  बैदिक सनातन धर्मको व्यख्या र प्रचार प्रसार गरि धर्म बचाउने काम  गर्नुहुन्थ्यो | जस्तै

१.जगदगुरु श्रीशंकराचार्य

२.जगदगुरु श्रीरामानुजाचार्य

३. जगदगुरु श्रीमाध्वचार्य

४ . जगदगुरु श्रीबल्लाभाचार्य  र

५ . जगदगुरु श्रीनिम्बार्काचार्य 

६. जगदगुरु श्री रामानान्दाचार्य 

 

ब्राम्हशुत्रका  भाष्यकार एबं  बिभिन्न बैदिक दर्शनका संस्थापक सन्त हरु नै जगदगुरु उपाधि द्वारा बिभुसित हुनुहुन्थ्यो |  आज भोलि पनि वहाहरुको गद्दीनसिन उत्तराधिकारी    आचार्यहरुलाई जगदगुरुकै सरह सम्मान  गरिन्छ |यसै क्रममा जगदगुरु शंकराचार्य जी आफैले ४ पीठ हरु स्थापना गरि  आफ्ना ४ योग्य उत्तरधिकरिल्लाई स्थापित  गराई भारत  भूमिमा बैदिक सनातन धर्मको रक्षा गर्नु भयो  | त्यस्तै अन्य  ४ बैश्नव  जगदगुरुहरुले पनि आ-आफ्ना दर्शनहरुको  प्रचार प्रसार गर्दै आफ्ना उत्तराधिकारी मार्फत बैदिक सन्तान धर्मको संरक्षण  गर्ने कार्य गरिरहनु भएको  छ |

        पछिल्लो समय देबभुमि नेपालमा   बैदिक सनातन धर्मको   रक्षार्थ एक  नेपाली सन्त  अनन्तश्री विभूषित श्रीबालसन्त मोहनशरण  देवाचार्य महाराजलाई  काशीका  विद्वान  एबं सन्त महात्मा हरुको आधिकारिक सस्था काशी पण्डित सभा  एबं काशी विद्वत परिषद बाट  जगदगुरुको उपाधि बाट बिभुसित  गरि  नेपाली धर्तिको  धर्मको ध्वजा का साथ धर्म दण्ड , छत्र  र सिम्हासन समेत    जिम्मा लगाएकोछ |    नेपाल र नेपालीको  गौरवको बिषय यो छ कि    जगदगुरु श्रीबालसन्त महाराजश्री नेपालको इतिहासमा  अधिकारिक रुपमा जगद्गुरुको उपाधिद्वारा विभूषित  हुने  प्रथम नेपाली समेत हुनुहुन्छ |

जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजश्री

        वैदिक सनातन धर्मका सयौं विशिष्ट विद्वान्हरूको १४० वर्ष पुरानो आधिकारिक संस्था “काशी पण्डित सभा” को विसं २०६७ वैशाख १ गते (तदनुसार सन् २०१० अप्रिल १४ तारिख) को औपचारिक निर्णयबाट ३३ वर्षको उमेरमा जगद्गुरु को उपाधिद्वारा विभूषित हुनुभएको हो । वैदिक सनातन धर्मका आधारस्तम्भ जगद्गुरु व्यासजीको जन्मभूमि देवदेश नेपालको पूर्वी भाग मेची अञ्चल, झापा जिल्लाको बुधबारेमा २०३३ सालको बालाचतुर्दशीका रातमा जन्मनुभएका जगद्गुरु महाराजश्रीले २५ वर्षको कलिलो उमेरमै नेपालको वाराहक्षेत्र सुनसरीस्थित चतराधामलाई प्राचीन हरिद्वार भएको कुरा सिद्ध गर्दै उक्त ठाँउमा पहिलोपटक विश्वको पाँचौं कुम्भमेलाको आयोजना गराई काशीलगायत विश्वका विशिष्ट धर्माचार्य एवं आधिकारिक वैदिक सत्सम्प्रदायका जगदगुरुहरूका बीचमा शास्त्रार्थ गराई उक्त कुम्भलाई अनुमोदनका साथै स्थापित गराउन सफल भएपछि नै काशी पण्डितसभाले जगद्गुरुको उपाधि स्वीकार गर्न आग्रह गरेको थियो।   

       नेपालको ऐतिहासिक प्रथम जगद्गुरुको गहनतम दायित्वलाई वहन गर्दै नेपालको धार्मिक क्षेत्रको अन्वेषण, अध्ययन अनुसन्धानमा निरन्तर लागिरहनु  भएका जगद्गुरु महाराजश्री मेचीदेखि महाकालीसम्म लुप्त अवस्थामा रहेका धार्मिक, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्रको अवलोकन र पहिचान गरी सो कुरा सम्पूर्ण नेपालीलाई बोध गराएर राष्ट्र र राष्ट्रियता प्रति गौरवान्वित बनाउने  उद्देश्य सहित नेपालका ७५ जिल्लाको प्रतीकको रूपमा रहने नेपाल आमाको ७५ फिट अग्लो अष्टधातुको मूर्ति निर्माण गर्ने र यस महान कार्यमा सम्पूर्ण नेपालीलाई सहभागी बनाउने उद्देश्य लिई महाकाली मेची पैदलयात्रा गरिसक्नु भएकोछ ।