संक्षिप्त जीवनी

ऐतिहासिक जगदगुरुको संक्षिप्त जीवनी

नेपाल आमाले बेलाबेलामा कैयौं महापुरुषलाई जन्म दिएर आफ्नो कोख धन्य बनाएकी छिन् । त्यस्ता महापुरुष व्यक्तिहरू मध्ये जगद्गुरु महाराजश्री एक उज्वल नक्षत्रका रुपमा देखा पर्नुभएको छ । जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्री को जन्म वि. सं. २०३३ साल मंसिर २७ गते मेची अञ्चल झापा जिल्ला को हँडिया बुधबारे मा पिता डिल्लीराम भट्टराई र माता तुलसादेवी भट्टराई को कोखबाट चौथो पुत्ररत्नका रुपमा भएको हो । 
नामाकरण संस्कारबाट वहाँ को नाम महेन्द्रप्रसाद जुराइन्छ । आफ्ना ५ जना दाजुभाइ र दुईजना दिदीबहिनी मा सबैभन्दा विलक्षण स्वभावको देख्दा वहाँलाई सवैले त्यसैवेला तपस्वी र यशस्वी हुने भविश्यवाणी गर्दथे ।
शिक्षारम्भ कालमै वृन्दावनबाट पाल्नुभएका अनन्तश्री विभूषित स्वामी श्री परशुराम देवाचार्य महाराज ज्यू सँग झापा जिल्लाको शान्तिनगर स्थित राधाकृष्ण मन्दिरमा वहाँको भेट भयो । उनै महाराजको मार्गदर्शन वात्सल्यपूर्ण सत्प्रेरणा प्राप्त गरी ज्ञान प्राप्तिका निम्ति वहाँ श्रीधाम वृन्दावन पुग्नुभयो । 
त्यहाँ पुगेपछि ज्ञान भक्ति र साधनाको त्रिवेणी प्रवाहित वृन्दावनको अथाह सागरमा ज्ञानामृत पानगर्न गुरुकृपा प्राप्त गर्नुपर्ने निष्कर्ष वहाँले निकाल्नुभयो । “आचार्य देवो भवः”को मूलमन्त्रबाट अत्यन्त प्रभावित भएर वहाँ निष्ठापूर्वक गुरु को सेवा गरी ज्ञानप्राप्ति मा तल्लीन हुनुभयो । निम्बार्क सम्प्रदायमा दिक्षित भएपछि वहाँ को गुरु प्रदत्त नाम मोहनशरण रहन पुग्यो । वृन्दावन ले मोहनशरणलाई लगनशील, कर्तव्यनिष्ठ ,अनुशासित, मर्यादित, सदचारी र सहिष्णु बनाएर हुर्कायो । यिनै सहिष्णु, शान्त स्वभाव , चिन्तनशील, उदार र परोपकारी भावना जस्ता सन्त प्रवृत्ति ले गर्दा आज्ञाकारी र विनीत मोहनशरणलाई वृन्दावनका वरिष्ठ विद्वान साधु, सन्त, महन्त आदिले श्रीनिम्वार्क संस्कृत महाविद्यालय मा “बालसन्त” उपाधि ले सम्मानित गरे । यसरी मोहनशरण का अगाडि बालसन्त थपिएपछि वहाँ बालसन्त मोहनशरण हुनुभयो । भक्तहरू का निम्ति बालसन्त अति नै प्रिय नाम हो । प्रायः भक्तहरू अहिले पनि वहाँलाई बालसन्त महाराज भनेर सम्बोधन गर्ने गर्छन् । 
वृन्दावनमा बस्दै गर्दा वहाँ ले राति सुतेको बेला मा आफू नेपाल फर्केको र त्यहाँको सुन्दर पहाडी प्रकृति को दृष्य मा विचरण गर्दैगरेको र हेर्दा हेर्दै त्यो ठाउँ सुन्दर धाम मा परिणत भएको सपना बारम्बार देख्न थाल्नुभयो । नेपाल मा पक्कै त्यो ठाउँ कहीँ हुनुपर्छ भन्ने ठानी त्यस ठाउँको खोजीमा लाग्ने अठोट गर्नुभयो । धेरै पछि घुम्दै जाने क्रममा सुनसरी जिल्लाको बराहक्षेत्र गा. वि. सं. स्थित चतरा मा उभिएर उत्तर पट्टि फकिर्दाको दृष्य नै आफूले सपनामा बारम्बार देख्ने गरेका कुरा ले उहाँ आश्चर्य चकित हुनपुग्नु भयो । बराहक्षेत्र जस्तो पुण्य भूमि मा पदार्पण गर्दा एकातिर उहाँलाई गौरवबोध भईरहेको थियो भने अर्का तिर विश्वकै चार क्षेत्र मध्येको पवित्र तीर्थस्थल तीर्थराज को दुरावस्था देख्दा उहाँ को मन मा भक्कानो फुटेको थियो । त्यसैले उहाँ शास्त्रमा वर्णन गरिए जस्तै बराहक्षेत्रलाई सुन्दर शान्त गौरवशाली बनाउने तिर कम्मर कसेर लाग्नुभयो । नभन्दै उहाँ ले आज बराहक्षेत्र चतरालाई प्राचीन हरिद्वार घोषणा गरी धाममा परिणत गराइदिनु भयो । 
त्यसपछि वहाँ ले विभिन्न देवदेवीहरू को क्रीडास्थली ,पवित्र देवभूमि एवम् विख्यात तपोभूमिको रुपमा रहेको मातृभूमि नेपाललाई शास्त्रीय आधार मा विश्वकै पावन भूमि का रुप मा परिचित गराउने अभियान शुरु गर्नुभयो । त्यसका लागि वहाँले २०५५ साल श्रावण ४ गते बाट बराहक्षेत्र देखी मुक्तिक्षेत्र सम्म पैदल यात्रा प्रारम्भ गरी लोकपावनी आदि गङगा कौषिकी को पवित्र जल भगवान मुक्तिनाथ को चरण–कमल मा समर्पण गर्न ५५ दिने पैदलयात्रा सम्पन्न गरी चतराधाम मा द्वादश दिवसीय श्रीमद्गोपाल महायज्ञ सम्पन्न गर्नुभयो जुन महायज्ञ नेपालमै प्रथम पटक सम्पन्न भएको थियो । यस कार्यले भक्तहरूका माझ उहाँलाई अझै परिचित गरायो ।
हुन त यसअघि २०५४ साल मा पोखरा मा लगाईएको श्रीमद्भागवत महापुराण मा वहाँ को ज्ञान– गला र कला मिश्रित प्रवाहित प्रवचन ले उहाँलाई चर्चा को शिखर मा पु¥याइसकेको थियो ।
स्कन्द पुराण को गहिरो अध्ययन अन्वेषण गरी शास्त्रीय प्रमाण का आधार मा नेपाल मा २०५९ साल वैशाख १ गते देखि १ महिना सम्म कुम्भमेला को आयोजना गरी विश्वमै नेपाल र नेपाली को छुट्टै पहिचान कायम गरी नेपाल को गौरव सगरमाथा झैँ उच्च बनाउन उहाँले पु¥याउनु भएको योगदान नेपाली ले गरेको शताब्दीकै उल्लेख्य कार्य मा पर्दछ ।
यसै योगदान को उच्च मूल्याङकन गर्दै वहाँलाई वि. स. २०६७ साल को बैशाख १ गते भारत को काशी पण्डित सभा ले जगद्गुरु जस्तो गरिमामय उपाधिद्वारा विभूषित ग¥यो । नेपाल ले प्राप्त गरेको ऐतिहासिक जगद्गुरु को यो उपाधि नेपाल का लागि एक्काईसाँै शताब्दीकै प्रमुख उपलब्धि मध्येको एक हुन गएको छ । निम्बार्क सम्प्रदायका धरोहर स्वभूराम देवाचार्य को जन्म–कर्म भूमि पत्ता लगाई भारतको हरियाणा राज्य को जमुनानगर स्थित बुढिया गाउँमा उहाँ को प्रतिमा को प्राणप्रतिष्ठा गर्ने कार्यले भारतीय धर्माचार्यहरू का बीच ठूलो हलचल ल्यायो । उहाँको यसप्रकार को स्तुत्य कार्यको उच्च मूल्याङकन गर्दै दक्षिण भारत को आन्ध्र प्रदेश स्थित विजयबाडा मा स्थापित शैवक्षेत्रम् को समुद्घाटनमा उहाँलाई प्रमुख आतिथ्य प्रदान गरियो भने शैवक्षेत्रम्को घोषणा उहाँकै मुखारविन्दबाट गराइयो जो समग्र नेपाली का लागि गरिमाको विषय बन्न पुग्यो । 
प्राचीन हरिद्वार चतराधाम मा भव्यता का साथ गोपाल महायज्ञ सम्पन्न गरी संस्कृत शिक्षाको प्रवद्र्धन गर्न चतराधाम मा संस्कृत गुरुकुल को स्थापना गर्न सफल जगद्गुरु महाराजश्री ले २०६८ फाल्गुन ११ गते देखि २२ गते सम्म काठमाडौं उपत्यकाको ललितपुर जिल्ला को शखंमूलस्थित जगद्गुरु आश्रम श्री जगत्नारायण मन्दिर परिसर मा ऐतिहासिक श्रीमद्गोपाल महायज्ञ भव्यता का साथ सम्पन्न गरी यहाँ पनि जगद्गुरुकुलम् को स्थापना गर्नुभयो ।
यसै गरी राष्ट्रचिन्तनमा लिप्त पूज्य जगद्गुरु महाराजश्री ले विभिन्न कारणले खण्डित हुन लागेको नेपाल को अखण्डतालाई कायम राख्न र हामी नेपालीहरू वीच सदियौँ देखि रहेको सद्भाव र पे्रमलाई प्रगाढ बनाउन कञ्चनपुर जिल्लाको, भम्केनी धाम मा २०७१ सालश्रावण २२ गते देखि मंसीर ११ गते सम्म श्री गोपालमन्त्रको १८ लाख जप अनुष्ठान गरी सुदूर पश्चिमका ९ वटै जिल्ला का प्रमुख देवी देवता को मण्डप निर्माण गरी त्यहाँ हवन पूजन सहित श्रीमद्गोपाल महायज्ञ सुसम्पन्न गर्नुभयो ।  यसै स्थानमा महाराजश्रीबाट नेपालमाताको ७५ फीट अग्लो मूर्ति निर्माण गर्ने संकल्प ले त नेपालआमाको गरिमालाई अझ उच्च बनाएको छ । 
धर्मका माध्यमद्वारा राष्ट्रिय एकता र सार्वभौमिकता को संरक्षण र संवर्धनमा जुट्नु भएका , राष्ट्रोन्नति र राष्ट्रशान्तिका निमित्त अहोरात्र महाअभियानमा सक्रिय रहनुभएका जगद्गुरु अनन्त श्रीविभूषित बालसन्त मोहनशरण देवाचार्य महाराज श्रीको मूल अभियान भनेकै विश्व जागरण का लागि राष्ट्र र राष्ट्र जागरण का लागि सुसंस्कृत बौद्धिक र नैतिकवान समाज को निर्माण रहेको छ । 
यसै अभियानलाई साकार रुप दिन महाराजश्री ले २०७२ वैशाख ५ गते महाकालीबाट पैदल यात्रा प्रारम्भ गरेर हामी सबैको घरदैलो मा पुग्दै नेपाल का पचत्तरै जिल्ला को पैदल यात्रा सम्पन्न गरी २०७४ माघ २२ गते देखि द्वादश दिवशीय राष्ट्रभक्ति जागरण महायज्ञ को आयोजना गर्दै महाकाली गंगामा १८ करोड दीप प्रज्वलन का साथ आफ्नो भ्रमण को समापन गर्नुभयो ।(edited)