पीठहरु

नेपाली धर्तीमा वैदिक सनातन धर्म रक्षाको निम्ति पाएको जगदगुरु को गहन जिम्मेबारीलाई पुरा गर्न नेपालको चारै  कुना मा जगदगुरुका ४ पीठ हरु स्थापना हुनेछन | यिनै ४  पीठहरुको को माध्यमबाट धर्म रक्षा निम्ति अभियान र  कार्यक्रमहरु   संचालन हुनेछन | 
 
नेपालको पहिलो जगद्गुरुको मूल गद्दी रहेको चतारधाम  पीठ  नै पूर्वी पीठ हो |यस पीठमा नेपालको प्रथम एबं बिश्व कै पाचौ कुम्भमेला संचालन हुने गरेको छ | पश्चिम तर्फको   पीठ को रुपमा महाकाली शारदा पीठ भाम्केनी धाम रहेको छ  | भाम्केनी धाममा  सम्पूर्ण नेपालीहरुको  आस्थाको केन्द्र एबं  राष्ट्रियताको प्रतिक नेपाल आमाको  ७५ फीट अग्लो  बिशाल मुर्ति निर्माण को अभियान चलिरहेको छ  | त्यसै गरि गत वर्षमात्र निर्माण सम्पन्न भएको  उत्तर  तर्फको  जगदगुरु पीठ मुक्तिक्षेत्र अन्तर्गत  शालाग्राम शर्बेश्वर भगवानको क्रिडास्थल गण्डकी नदि किनारमा रहेको जोमसोम बजार नजिक रहेको  छ  भने  दक्षिण तर्फको मिथिला पीठ को लागि उपयुक्त स्थानको खोजि कार्य भैरहेको छ |