श्री जगदगुरु आदर्श संस्कृत गुरुकुलम्, जगदगुरु आश्रम एबं जगतनारायण मन्दिर संचालन तथा व्यवस्थापन समितिको प्रत्यक्ष सहभागिता मा संचालित संचालित छ | यस गुरुकुलम मा हाल कक्षा- ६ र ७ संचालनमा छ भने आगामी दिन मा प्रत्येक वर्ष माथिल्ला कक्षाहरु संचालन हुदै जानेछन | २०७२ साल वैशाख १२ गतेको भूकम्प ले भएको पुर्बधारहरु ध्वस्त भए पछी अस्त व्यस्त बनेको थियो | २० जना बिद्यार्थी आवासीय रुपमा बसी अध्यान गरिरहेको यस गुरुकुलमको स्थापना २०७० सालको बसन्त पंचमी देखि भएको थियो | यस गुरुकुलममा बिशेसत: मध्यपश्चिम र सुदुर पस्चिमान्चल का बिकट जिल्लाका बिद्यार्थी हरु अध्यनरत रहेका छन |