महाकाली-मेची पैदलयात्रा

         

         राष्ट्रभरि  लुप्त अवस्थामा रहेका   महत्वपुर्ण तिर्थस्थलहरुको खोजि गर्नुको साथै  मेची देखि महाकाली सम्मका नेपाली हरुलाई  राष्ट्रिय भावनाद्वारा  एकै  सुत्रमा जोड्ने साधनको रुपमा निर्माण गर्न लागिएको नेपाल आमाको ७५ फुट अग्लो अष्टधातुको  मुर्ति निर्माणमा सम्पूर्ण नेपाली हरुलाई सहभागी बनाउने उद्देस्यले गत २०७२ बैशाख ५  गते महाकालीबाट शरू गरिएको  महाकाली मेची पैदल यात्रा नेपाल राष्ट्रको दाहिने परिक्रमा  गर्दै  अब लगभग अन्त्य तिर आइपुगेकोछ |जगदगुरु महराज श्रीका अनुसार पैदल यात्रा यहि २०७४ माघ १७ गते  महाकाली पुगेर सम्पन्न हुनेछ |

  यस महान कार्यमा सम्पुर्ण नेपाली जनतालाइ कुनै न कुनै रुपमा सहभागी बनाउने उद्देश्य लिई पैदल यात्राको क्रममा जगदगुरु महाराजश्री ले तपाइको घर घरमा प्रयोग बिहिन अवस्थामा रहेका तामा पित्तल लगायतका अष्ठधातु र निर्माण खर्च स्वरूप प्रति व्यक्ति रु. १/- भन्दा माथि सहयोग संकलन गर्दै आउनु भएको छ | त्यसैले जगदगुरु महाराजश्री स्वयमबाट भैरहेको महाकाली मेची पैदल यात्रा तपाइको गाउ घर र जिल्ला नजिक आइपुगेको बेला रुपैया पैसा र तामा पित्तल लगायत का धातु हरु दान गरि नेपाल आमा को मुर्ति निर्माण मा सहभागी हुन जगदगुरु महाराज श्री ले सम्पूर्ण नेपाल आमाका सन्ततिलाइ अनुरोध गर्नु भएको छ |

नेपाल आमाको मुर्ति निर्माण गर्न कम्तिमा २५ करोड रुपैया लाग्ने पुर्वानुमान गरिए अनुसार एक नेपालीले कम्तिमा रु १० सहयोग गर्नु पर्ने हुन्छ | तसर्थ जगदगुरु महाराजश्रीले देश बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई समेत सहयोगको लागि पुनःआव्हान गर्नु भएको छ | यदि यस अभियान मा सहभागी हुन छुट्नु भएको छ भने कुनै पनि ठाउँ बाट सहयोग रकम पठाउन सक्नु हुन्छ त्यसको लागि नेपाल आमाको मुर्ति निर्माण समितिको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नं ४१८०००५६४८०१  मा सोझै जम्मा गर्न सक्नुहुनेछ |
 
बिस्तृत जानकारीको लागि
जगद्गुरुनेपाल संचार केन्द्र,
जगदगुरुपीठ, सुनसरी, नेपाल
९८५१०४८२३७, ९७४९५०५८२६
www.facebook.com/jagadgurunepal
info@jagadgurunepal.org.np