अभियान र कार्यक्रम

( निर्माणाधीन अवस्थामा रहेको यो पेजमा   धेरै त्रुटीहरु रहेका हुनसक्छन  सुधार गर्नको निम्ति

यहाको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया को  अपेक्षा गरेका छौ |)

जगद्गुरु पीठ नेपालको मूल उद्देश्य जगदगुरु महाराज श्री को मूल भावनालाई आत्मसाथ गर्दै जगदगुरु महाराज श्रीका अभियान  हरुलाई सस्थागत रुपमा सुचारु गर्ने  रहेको छ | मुलतः राष्ट्रिय भावनाबाट  प्रेरित अभियानहरु   निम्नानुसारको  अध्यात्मिक ,धार्मिक, सास्कृतिक,  शैक्षिक  एबं खोजमुलक कार्यक्रमको रुपमा  संचालित छन् |

१. चतारधाम नै   "प्राचिन हरिद्वार"   रहेको  घोषणा 

  जगदगुरु महाराज श्री ले २०५५ सालमा नै बराहक्षेत्र भित्र पर्ने चतारधाम   प्राचिन हरिद्वार रहेको कुरा पुष्टी  गर्नु भएको हो | भगवान हरिको तेस्रो अर्थात् प्राचिन  अवतार भगवान बराहले नै पृथ्वीको उद्दार गरि आफु (बराह हरि ) स्वयम्  विराजमान रहनु भएको  बराह भगवानको निवासस्थल  बराहक्षेत्र पुग्ने प्रथम र प्राचिन हरिद्वार हुनुको महत्वपुर्ण प्रमाण हरु बिस्तृत रुपमा  जगदगुरु महाराज श्रीद्वारा लिखित पुस्तक कौशिकी महत्म्यमा अध्ययन  गर्न सकिन्छ |

२. पिण्डेश्वर कुम्भमेलाको सस्थागत संचालन 

  जगदगुरु महाराजश्रीको गहन अध्ययन अनुसन्धान र  सत्प्रयासमा २०५९ साल बैशाख १  गते देखि शुरु भै जेष्ठ ३ गते सम्म  प्रथम पटक  संचालन सम्पन्न  भै स्थापित भएको  बृहद प्रथम पिण्डेश्वर   कुम्भमेलालाइ निरन्तरता दिने क्रममा  प्रथम कुम्भ मेला सम्पन्न भएको  ६ बर्ष पछी २०६३ मा   अर्ध कुम्भमेला - २०६३/६४  सम्पन्न गरिनुका साथै  २०७० चैत्र १७ गते देखी २०७१  बैशाख १९ गते सम्म १२ बर्षे दोश्रो पूर्ण महाकुम्भ मेला समेत सम्पन्न  गरिएको छ |

विश्व कै  ५ औ र नेपाल को एक मात्र कुम्भ मेला,   दोश्रो महाकुम्भ मेला सम्म आइपुग्दा    जानताको मात्र नभई राज्यको समेत  गहन जिम्मेबारी भित्र पर्न सफल भयो |  फलस्वरूप  नेपाल सरकारले केन्द्रीय स्तरमा सचिब स्तरीय केन्द्रिय  समन्वय समिति  गठन  गरि कुम्भ मेलाको बिशेष संचालन तथा व्यवस्थापन गरेको थियो | 

३. जगदगुरुका  ४  पीठहरुको स्थापना

नेपाली धर्तीमा वैदिक सनातन धर्म रक्षाको निम्ति  संचालन हुने कार्यक्रम संचालनको को नेतृत्व लिन देशका ४ कुनामा  जगदगुरुका ४ पीठ  स्थापना हुने भएका  छन | जस मध्ये  २ पीठ हरु स्थापित भैसकेकाछन | एउटा पीठ निर्माण सम्पन्न भैसकेको छ भने अर्को एक पीठको निर्माणस्थल खोजि भईरहेको छ  | 

चतराधाम पीठ , कोशी  (पूर्व) ,शारदा पीठ, महाकाली (पश्चिम ), निलाद्री पीठ, गण्डकी  ( उत्तर)  र दक्षिण तर्फको मिथिला पीठ को लागि उपयुक्त स्थानको खोजि कार्य भैरहेको छ | 

 

४. श्रीमदगोपाल महायज्ञको संचालन 

आद्यजगदगुरु श्रीनिम्बार्काचार्यज्यूद्वारा प्रतिपादित द्वेताद्वेत दर्शनको अनुयायी जगदगुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराज श्री पनि युगलसरकार  भगवान श्रीराधा कृष्णको उपासक हुनुहुन्छ भने सात्विक साधनाको मन्त्र  अष्टदसाक्षर गोपाल महामन्त्रको  सिद्ध साधक  हुनुहुन्छ |महाराजश्रीले हालसम्म ५ पटक सम्म श्रीमदगोपालमहायज्ञको बिशेष अनुष्ठान  गर्नु / गराउनु भएको छ | प्रथमपटक २०५५सालमा  जगदगुरु पीठ, चतराधाममा , दोश्रोपटक  २०६१ सालमा पोखरामा , तेस्रो पटक २०६३ सालमा चतराधाममा , चौथोपटक  २०८६ सालमा शंखमूल ललितपुरमा  र पाचौ पटक २०७१ सालमा महाकाली शारदा पीठ भाम्केनी धाम मा  गोपाल महायज्ञ सम्पन्न गर्नु भएको हो  | श्रीमदगोपाल महायज्ञ सात्विक सिद्धिको मूल साधन हो |  

५. जगद्गुरुकुलम संचालन 

         बैदिक शिक्षाको प्रबर्धनार्थ जगदगुरु महाराजश्रीबाट स्थापित  जगद्गुरुकुलम  अन्तर्गत हाल जगदगुरु पीठ चतराधाम र जगदगुरु आश्रम शंखमुल ललितपुर मा  गुरुकुलम हरु संचालन मा रहेका छन |   हाम्रो देशमा माटो  सुहाउदो  शिक्षा  प्रणाली र   संरचना नभएकाले समग्र मुलुक कोरा भौतिक सिद्धान्तबाट  पोषित  भइरहेको  मात्र नभई विदेशी माटोमा प्राप्त ज्ञान ले नेपाली राष्ट्रियता धर्म संस्कृति अनि परम्पराको   गहन अध्यनबाट समेत बिमुख हुनुपरेको  देखिन्छ । त्यसैले  हामी सबैले चाहे जस्तो नेपालीहरूको मन मस्तिस्कमा  धर्मको भावना,संस्कृति चेतना, कर्तव्यबोध,नैतिकता ,सौन्दर्यबोध ,शीलस्वभाव र सदाचार आदिको वृद्धि निमित्त समन्वयात्मक गुरुकुलको अभाव  भइरहेको सन्दर्भमा पाश्चात्य सभ्यता र संस्कृतिलाई समेत हाम्रै चिन्तनशैलीबाट अनुप्राणित गर्न सक्ने गुरुकुलीय शिक्षा प्रणालीको प्रारम्भिक अभियानको सूत्रपात जगदगुरुकुलमको माध्यमबाट  नेपालका  प्रथम जगद्गुरु द्वारा भएको छ । 

६.  नेपाल आमाको अष्टधातुको मुर्ति निर्माण 

          आफ्नो जन्मभूमि र जन्मदिने आमा प्रतिको महिमा बोध गराउन रामायणमा उदृत बचन "जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी" लाइ हृदयंगम गर्दै   हामी  नेपालीहरुमा रहेको  राष्ट्रियता र राष्ट्रप्रेमको भावनामा  प्रतिबिम्बित हुने  नेपालआमालाई   भौतिक  संरचनामा प्रतिबिम्बित गरि  भाबी पुस्ताको मानसपटलमा राष्ट्र भक्तिको बिजारोपण  गर्ने उद्देश्यले  राष्ट्रिय भवनाको जागरणको निम्ति नेपालको ७५ जिल्लालाई प्रतिनिधित्व गर्ने ७५ फिट अग्लो अष्टधातुको   नेपाल आमाको  बिशाल मुर्ति निर्माणमा ७५ जिल्लामा  जन्मेका सम्पूर्ण नेपाली लाई कुनै न कुनै रुपले सहभागी बनाउने सोच लिएर  जगदगुरु महाराजश्री २०७२ साल बैशाख ५ गते देखि नेपाल  आमाको मुर्ति निर्माण  गर्ने  अभियानमा  हुनुहन्छ  | नेपाल  आमा को अष्टधातुको यो ७५ फिट अग्लो मुर्ति महाकाली नदीकिनारमा रहेको  कंचनपुर जिल्लाको भाम्केनीधामममा  बनाइने गरि गत २०७२ बैशाख ५ गते नै  सिलान्यास समेत सम्पन्न भएको छ  |  

७. महाकाली मेची पैदल यात्रा 

राष्ट्रभरि  लुप्त अवस्थामा रहेका   महत्वपुर्ण तिर्थस्थलहरुको खोजि गर्नुको साथै  मेची देखि महाकाली सम्मका नेपाली हरुलाई  राष्ट्रिय भावनाद्वारा  एकै  सुत्रमा जोड्ने साधनको रुपमा निर्माण गर्न लागिएको नेपाल आमाको ७५ फुट अग्लो अष्टधातुको  मुर्ति निर्माणमा सम्पूर्ण नेपाली हरुलाई सहभागी बनाउने उद्देस्य  सहित सम्पूर्ण नेपालीको दुख सुखलाई बुझ्न ७५ जिल्लाका सम्पूर्ण नेपालीलाई भेट्न  गत २०७२ बैशाख ५  गते जगदगुरु महाराज श्रीले महाकाली- मेची पैदल यात्रा शरु गर्नु भएको हो | पैदल यात्राको क्रममा जगदगुरु महाराजश्रीले नेपालीहरुको घर घरमा प्रयोग बिहिन अवस्थामा रहेका तामा पित्तल लगायतका अष्ठधातु साथै प्रति व्यक्ति रु. १/- भन्दा माथि सहयोग संकलन समेत गर्नुभएको छ |

८. शंखमूलमा सबैभन्दा ठुलो शंख निर्माण  

 

बागमती किनार  उत्तर बाहिनी  शंखमूलघाटको     पौराणिक  महत्वलाइ समेत  उजागर गर्दै जगदगुरु महाराज श्रीले  जगदगुरु आश्रम  शंखमुलमा  विश्वकै सबै भन्दा ठुलो शंखको  निर्माण कार्य गराउनु भएको छ | काठमाडौँ उपत्यका कै  अति महत्वपुर्ण तिर्थस्थल शंखमुलमा बिशाल शंख निर्माण भए पछी महत्वपूर्ण पर्यटकीय  स्थलको रुपमा  बिकशित  भएको छ |  

९ . नेपाल मै द्वादश ज्योतिर्लिंगहरुको खोजि तथा प्रबर्धन 

 महाकाली मेची पैदल यात्राको क्रममा जगदगुरु महाराज श्रीले  द्वादश  ज्योतिर्लिंग हरु समेत  नेपाल आमा कै काखमा रहेको प्रमाण फेला पर्नु भएको छ | पूर्वीय दर्शनको  जननी हिमालय पर्वत नेपाल मा नै रहेको हुदा पनि सम्पूर्ण तिर्थहरु देवभूमि  नेपाल मै  रहेको हुन सक्ने कुरा बताउदै  आउनु भएका जगदगुरु महाराज श्रीले झन्डै ३ बर्ष लामो नेपाल राष्ट्रको परिक्रमाका क्रममा द्वादश  ज्योतिर्लिंग नेपाल भित्रै रहेको प्रमाणित  गर्नु भएको छ  | जसमध्ये दार्चुला जिल्लामा रहेको मल्लिकार्जुन ज्योतिर्लिगको  बारेमा  प्रमाण हरु संकलन गरि  नेपालको मल्लिकार्जुन ज्योतिर्लिंगको प्रमाण  सहितको  महात्म्य समेत   प्रकासन  गरिसक्नु भयेको छ |  

 १०. जगदगुरु नेपाल संचार केन्द्रको स्थापना 

जगदगुरु महाराज श्रीको खोज तथा अनुसन्धान अरुलाई व्यवस्थित तवरबाट समाज राष्ट्र हुदै विश्वमाझ पुर्याउने  उद्देश्य सहित जगदगुरु पीठ नेपालको प्रकाशन संस्था  जगदगुरु नेपाल संचार केन्द्रको स्थापना  गरिएको छ  |