चतराधाम पीठ, कोशी

नेपालको एक मात्र कुम्भस्थल रहेको चतराधाम एबं  नेपाल को प्रथम जगदगुरु पीठ  सुनसरी जिल्लाको बराहक्षेत्र गाविसमा पर्दछ। यो ठाउँ धरान देखि करिब १६  किलोमिटर पश्चिममा सप्तकोशी (सप्तकैशिकी ) नदीको किनारामा पर्दछ। नेपाल कै ४ धाम मध्येको एक क्षेत्र वराहक्षेत्र को द्वारको रुपमा रहेको  चतराधाम नै प्राचीन हरिद्वार भएको कुरा नेपालका प्रथम तथा एक मात्र जगद्गुरु अनन्त श्री विभूषित बालसन्त मोहन शरण देवाचार्य महाराजश्रीले प्रमाणित गर्नु भएको हो । पहाडको फेदीमा नै रहेको चतराधाममा को पुरानो मठ भने औलीयामठ हो। औलियाबाबाको कहानीसँग जोडिएको यस मठको इतिहास मध्यकाल सम्म पुग्दछ।चतराको औलियामठ क्षेत्रमा भैरव, काली, शिव, शिवगणेश र हनुमान आदिका मूर्ति र मन्दिरहरू छन्। यसवाहेक औलियाबाबाको गुदरी घर (बाबा मनमुकुन्द सेनले ओड्ने कपडा राखिएको घर) पनि यसै भित्र पर्दछ। यहाँको मनमुकुन्देश्र शिवालय, मनमुकुन्द सेनले स्थापना पाएको मानिन्छ।

चताराधाममा २०५९ साल वैशाख १ गते कलियुगमा पहिलो पटक सुरु गरिएको कुम्भ मेला निरन्तर १२/१२ वर्ष मा पूर्ण कुम्भ मेला र ६/६ वर्ष मा अर्धकुम्भमेलाको रुपमा मेला लाग्ने गर्दछ। उक्त अवसरमा विश्व भरिका हिन्दु धर्मावलम्बी हरु नेपालका जगद्गुरुको नेतृत्वमा बैदिक सनातन धर्मका सम्पूर्ण जगद्गुरुहरुका साथमा चतराधाम बाट बराहक्षेत्रस्थित कोकाः कौशिकी नदीको संगम मा स्नान गर्न जाने चलन रहेको छ । यसरी चतरामठ र वराह क्षेत्रको विशेष महत्व रहेको पाइन्छ।

चतराधाम नेपाल को एक मात्र कुम्भ नगरी हुनुको साथै   नेपालको एक मात्र जगद्गुरुको आश्रम जगद्गुरु पीठ (राधाकृष्ण भक्ति साधन आध्यात्मिक प्रतिष्ठान) पनि हो। विसं २०५१/५२ साल तिर चतराको दुर्वासाघाट नजीक अनन्त श्री विभूषित वालसन्त मोहन शरण देवाचार्यजी महाराज ले स्थापना गरेको सो आश्रम २०६७ वैशाख १ गते महाराज श्रीले काशी पण्डित सभा द्वारा जगद्गुरुको उपाधि प्राप्त गरेपछी नेपालको एक मात्र जगद्गुरु पीठको रुपमा स्थापित भएको हो । नेपाल क प्रथम तथा एक मात्र जगद्गुरुले प्राचीन हरिद्वारका प्रमाणित गरि प्रचार गरेको यो स्थान पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ। हाल त्यस स्थानमा मन्दिरहरू, वृद्धाश्रम, वेद विद्यालय, कुम्भ स्मारक(नेपालको प्रथम कुम्भ मेलाको प्रतिक ), तथा आकर्षणका थुप्रै विषयवस्तु रहेका छन्। त्यहाँ आयुर्वेदिक विश्वविद्यालय, धर्मशाला, गौशाला, यज्ञशाला र अन्य मठ मन्दिरहरू भने निर्माणाधिन छन।

चतरा क्षेत्र जङ्गल सफारी, जलक्रिडा तथा नौकाशयरका दृष्टिले समेत महत्वपूर्ण छ। चतरा छेउको सप्तकोशी नदीमा नौकाशयर गरी पर्यटकहरू रमाउन सक्तछन्। दोलालघाटबाट आउने राफ्टिङसेवा टुङ्गिने अन्तिम विन्दु पनि चतरा नै हो। चराहरूको पदयात्रा र सुन्दर पहाडी दृश्यावलोकन समेत यस स्थानमा आउने पर्यटकका लागि आकर्षणका केन्द्र विन्दु हुन सक्दछन।