जिज्ञासा र समाधान

नेपाल आमाको मुर्ति निर्माण संग सम्बन्धित 

जिज्ञासा र समाधान 

१. अभियान नाम : 

नेपाल आमाको मुर्ति निर्माण  गर्ने

२.संकल्पकर्ता :

नेपाल राष्ट्रका  प्रथम जगदगुरु  अनन्तश्री  विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराज महाराज हुनुहुन्छ |

३. मूल उद्देश्य :

धर्मको माध्यमबाट नेपाली राष्ट्रियताको जागरण गर्न  नेपाल आमाको मुर्ति निर्माणमा सम्पूर्ण नेपालीलाइ सहभागी बनाउने  |

४. नेपाल आमाको मुर्ति निर्माण गर्न के प्रयोग  हुनेछ  ?  

सुन, चादी , तामा पित्तल आदि अष्टधातुको प्रयोग हुनेछ |

५. नेपाल आमाको मुर्तिको उचाई  कति अग्लो  हुनेछ  ?   

बिशाल मुर्तिको पाउ देखि शीर सम्म गरेर जम्मा ७५ फुट अग्लो हुनेछ |

६. मुर्तिको उचाई ७५ फुट नै हुनु पर्ने कारण के होला ?   

नेपाल आमाको  मुर्ति तत्कालिन नेपालको  ७५ जिल्लाको  प्रतिक भएकाले १  फुट मुर्ति बनाउने  दायित्व एक जिल्लाको होस् भन्ने हो   |

७. नेपाल आमाको मुर्ति कुन ठाउमा बन्ने छ ?    

नेपाल  आमाको मुर्ति  कंचनपुर जिल्लास्थित  महाकाली शारदा पीठ, भाम्केनी धाममा  बन्नेछ  |

८. मर्ति निर्माण सम्पन्न गर्न अनुमानित लागत  कति छ ?             

निर्माण सामग्री सुन चादी तामा पित्तल लगायत अष्टधातुहरु  समेत गरी  जम्मा रु. २५ करोड लाग्ने अनुमान  गरिएको छ |

९. यति ठुलो खर्चको व्यवस्था कसरि गरिनेछ ?  

सम्पूर्ण नेपालीको भावना जोड्न कै लागि विश्वभरी रहेका नेपाल आमाका  छोराछोरीहरुले नै  मिलेर  खर्च जुटाउने हो |

१०.प्रत्येक नेपालीले कति कति लगानी गर्नुपर्ने छ ?   

नेपाल आमाका प्रत्येक सन्तानले  कम्तिमा रु १ /-  भन्दा माथि यथासक्य  सहयोग गर्नेछन |

११. नपुग रकम कसरि  व्यवस्था गर्ने ?   

सम्पूर्ण नेपालीहरुको घर घरमा रहेको निर्माण सामाग्री (जस्तै  तामा, पित्तल, आदि धातुहरु )  नै संकलन गरेर प्रयोग गरिनेछ  |

१२. देश भरिबाट सहयोग संकलन कसले  गर्ने ?  

 जगदगुरु स्वयम ७५ जिल्लाको भ्रमण गरि   देशभरबाट सहयोग संकलन  गर्नु हुदैछ |

१३. जगदगुरु स्वयम्ले कसरि सहयोग संकलन गर्ने ? :

महाकाली-मेची पैदल यात्रा गरि  सम्पूर्ण नेपाली को घरघरमा पुगेर  सहयोग संकलन गर्नुहुदैछ |

१४. जगदगुरुश्री को पैदल यात्राको बेला   रुपैया पैसा सहयोग गर्न  छुटेकाले कसरि सहभागी  हुन सक्छन ?

नेपाल आमाको मुर्ति निर्माण समितिको राष्ट्रिय बाणिज्य बैंक को खाता नं ४१८०००५६४८०१ मा सिधै जम्मा गर्न सकिन्छ |

१५. पैदल यात्राको बेला   धातुहरु  सहयोग गर्न  छुटेकाले कसरि सहभागी  हुन सक्छन ?

जिल्ला जिल्ला मा रहेका अष्टधातु संकलन केन्द्र मार्फत सहयोग गर्न सकिन्छ |

१६. महाकाली मेची पैदल यात्रा कहिले देखि शुरु भएको हो ?

२०७२ बैशाख ५ गते बाट  शुरु भैसकेको छ |

१७. पैदल यात्रा समाप्त कहिले हुदैछ |

२०७४ माघ १७ गते |

१८. मुर्ति निर्माण कार्य कहिले देखि शुरु हुनेछ |

महाकाली मेची ७५ जिल्लाको पैदल यात्रा समापन पछी  मुर्ति निर्माणस्थल  महाकाली शारदा पीठ,भाम्केनीधाममा   यहि माघ २२ देखि फाल्गुन ३ गते सम्म  हुन गैरहेको  महायज्ञ सम्पन्न भए  लगत्तै मुर्ति निर्माण कार्यको शुरुवात  हुने छ  |

१९. अन्य बिस्तृत जानकारी लिनु परेमा वा  आफु पनि सहभागीता  हुन को लागि कहाँ सम्पर्क गर्ने ?

जगदगुरु नेपाल संचार केन्द्रका   संयोजक: बिष्णु बशिष्ट को मोबाइल नं ९८५१०४८२३७ मा  सम्पर्क   गरि सहयोग लिन सकिनेछ