नेपालका राष्ट्रका ऐतिहासिक प्रथम जगद्गुरु


श्रीराधा सर्वेश्वरो विजयते
जगद्गुरु श्री निम्बार्काचार्यो विजयतेतराम्
स्वस्ति
श्रीमत्प्रचण्डचण्डरश्मिप्रतिभोद्भाषितदिङ्मण्डलानां
श्रीमन्निखिलमहिमण्डलाचार्यसत्यसन्धानैकभाव सन्निहितचक्क्षुष्क
सर्वतन्त्रस्वतन्त्रयतिपतिदिनेशराज राजेन्द्रसमभ्यर्चितचरणकमलसकलसामान्यजन
हृदयान्तस्थलवासिनेपालराष्ट्रमणीनां बराह क्षेत्रान्तर्गत प्राचीन हरिद्वार चतराधाम
कुम्भनगरी
जगद्गुरूपीठपीठाधीश्वराणां वैदिकसनातन धर्मसंरक्षणैकदृढव्रतानाम् अनन्तश्रीविभूषित

जगद्गुरु श्रीबालसन्तमोहनशरणदेवाचार्य महाराजश्री

वैदिक सनातन धर्मका सयौं विशिष्ट विद्वान्हरूको १४० वर्ष पुरानो आधिकारिक संस्था “काशी पण्डित सभा” को विसं २०६७ वैशाख १ गते ९ तदनुसार सन् २०१० अप्रिल १४ तारिखको औपचारिक निर्णयबाट ३३ वर्षको उमेरमा जगद्गुरु को उपाधिद्वारा विभूषित हुनुभएको हो । वैदिक सनातन धर्मका आधारस्तम्भ जगद्गुरु व्यासजीको जन्मभूमि देवदेश नेपालको पूर्वी भाग मेची अञ्चल, झापा जिल्लाको बुधबारेमा २०३३ सालको बालाचतुर्दशीका रातमा जन्मनुभएका जगद्गुरु महाराजश्रीले २५ वर्षको कलिलो उमेरमै नेपालको बराहक्षेत्र सुनसरीस्थित चतराधामलाई प्राचीन हरिद्वार भएको कुरा सिद्ध गर्दै उक्त ठाँउमा पहिलोपटक विश्वको पाँचौं कुम्भमेलाको आयोजना गराई काशीलगायत विश्वका विशिष्ट धर्माचार्य एवं आधिकारिक वैदिक सत्सम्प्रदायका जगदगुरुहरूका बीचमा शास्त्रार्थ गराई उक्त कुम्भलाई अनुमोदनका साथै स्थापित गराउन सफल भएपछि नै काशी पण्डितसभाले जगद्गुरुको उपाधि स्वीकार गर्न आग्रह गरेको थियो। नेपालको ऐतिहासिक प्रथम जगद्गुरुको गहनतम दायित्वलाई वहन गर्दै नेपालको धार्मिक क्षेत्रको अन्वेषण, अध्ययन अनुसन्धानमा निरन्तर लागिरहनु भएका जगद्गुरु महाराजश्री मेचीदेखि महाकालीसम्म लुप्त अवस्थामा रहेका धार्मिक, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्रको अवलोकन र पहिचान गरी सो कुरा सम्पूर्ण नेपालीलाई बोध गराएर राष्ट्र र राष्ट्रियता प्रति गौरवान्वित बनाउने उद्देश्य सहित नेपालका ७५ जिल्लाको प्रतीकको रूपमा रहने नेपाल आमाको ७५ फिट अग्लो अष्टधातुको मूर्ति निर्माण कार्यमा सम्पूर्ण नेपालीलाई सहभागी बनाउदै नेपाल भित्रै प्राप्त भएका भगवान शिवका १२ ज्योतिर्लिङ्गहरुको उत्खनन गरी पुनास्थापना र प्रबर्धन गर्ने कार्यमा निरन्तर लागिरहनु भएको छ।

Read More
kumbhastanbha

How you can help us

Just call at +977 1 5261667 / 9852847555 to make a donation

OUR PUBLICATIONS

VIEW ALL

सकेको सहयोग गरौ