महाकाली शारदा पीठ बेद बिद्याश्रम, भाम्केनीधाम

महाकाली  शारदा पीठ वेद विद्याश्रम भम्केनीधाम  जगदगुरु पीठ  नेपालको शैक्षिक अभियान जगद्गुरुकुलम अन्तर्गत संचालित तेश्रो  विद्याश्रमको रुपमा स्थापित छ l जगदगुरुका ४ मूल गद्दी हरु मध्ये दोश्रो गद्दी रहेको महाकाली शारदा पीठ भाम्केनी धाम नेपाल को सुदुर पश्चिम क्षेत्र महाकाली नदि नजिक रहेको कंचनपुर जिल्लाको भीमदत्त नगरपालिका -८ अन्तर्गत तिलाचौर भन्ने स्थान मा रहेको छ l यो विद्याश्रम २०७७ साल को बसन्त पंचमी को दिन देखि संचलान मा आएको हो l हाल यस बिद्याश्रम को नेतृत्व  आचार्य  मोहनचन्द्र जोशीबाट  भैरहेको छ l निशुल्क आवास र भोजन सहित संस्कृत शिक्षा प्रदान गरिने यस गुरुकुलको संचालनमा स्थानीय धर्म संस्कृति र शिक्षाप्रेमीहरुको योगदान रहेको छ l बिस्तृत जानकारी र प्राचार्य संग सम्पर्कका लागी फेसबुक पेज क्लिक गर्नु होला l 

 श्रीमहाकाली शारदा पीठ वेद विद्याश्रम गुरुकुल भम्केनी धाम कंचनपुर