जगद्गुरुकुलम परिचय

   पृष्ठभूमि        

 

   बालागुरु षडानन्दज्युबाट वि.स. १९३२ मा भोजपुर जिल्लाको  दिङ्लाबाट प्रारम्भ  भएको गुरुकुल शिक्षाको इतिहास बर्तमान अवस्थामा आइपुग्दा पनि परम्परागत शैलीमै आगाडी बढेको देखिन्छ .| नेपालमा संचालनमा रहेका अधिकांस  गुरुकुलहरू को शिक्षण  प्रक्रिया , पाठ्यक्रम  एवं मूल्याङ्कन पद्धति प्राचीन शैलीकै रहेको छ  । जसले गर्दा गुरुकुलीय पद्दतिमा  शिक्षा  प्राप्त गरेका बिद्यार्थीहरु अन्य  बिद्यार्थीको तुलनामा कम प्रतिस्पर्धी बन्दै गैरहेको  पक्षलाई  मध्यनजर गरी युग सुहाउँदो  परिस्थिति र आधुनिक सूचना प्रणालीको बढ्दो प्रभाव इत्यादिलाई विचार गरी जगद्गुरु महाराजश्रीको सत्सङ्कल्पमा  नेपालको गुरुकुलीय इतिहासमा नयाँ आयाम थप्ने पाठ्यक्रम र संरचनाका साथ नगर , ग्राम वा सबैतिर ग्राह्य हुने पौरस्त्य गुरुकुल परम्परा अनुसार समन्वयात्मक शैक्षिक  परम्परालाई समेत सम्बोधन हुने गरी गुरुकुल सञ्चालन गर्ने पवित्रतम् अभियानको रुपमा  शुरु गरिएको शैक्षिक कार्यक्रम महाराजश्री ली प्राप्त गर्नु भएको  जगद्गुरुको उपाधि संगै  जगद्गुरुकुलमको नामबाट  संचालित भैरहेको छ  ।              जगद्गुरुकुलम अन्तर्गत हाल जगदगुरु पीठ चतराधाम र जगदगुरु आश्रम शंखमुल ललितपुर मा  गुरुकुलम हरु संचालन मा रहेका छन |   हाम्रो देशमा माटो  सुहाउदो  शिक्षा  प्रणाली र   संरचना नभएकाले समग्र मुलुक कोरा भौतिक सिद्धान्तबाट  पोषित  भइरहेको  मात्र नभई विदेशी माटोमा प्राप्त ज्ञान ले नेपाली राष्ट्रियता धर्म संस्कृति अनि परम्पराको   गहन अध्यनबाट समेत बिमुख हुनुपरेको  देखिन्छ । त्यसैले  हामी सबैले चाहे जस्तो नेपालीहरूको मन मस्तिस्कमा  धर्मको भावना,संस्कृति चेतना, कर्तव्यबोध,नैतिकता ,सौन्दर्यबोध ,शीलस्वभाव र सदाचार आदिको वृद्धि निमित्त समन्वयात्मक गुरुकुलको अभाव  भइरहेको सन्दर्भमा पाश्चात्य सभ्यता र संस्कृतिलाई समेत हाम्रै चिन्तनशैलीबाट अनुप्राणित गर्न सक्ने गुरुकुलीय शिक्षा प्रणालीको प्रारम्भिक अभियानको सूत्रपात जगदगुरुकुलमको माध्यमबाट  नेपालका  प्रथम जगद्गुरु द्वारा भएको छ ।          प्रत्येक नेपाली बालबालिकामा  राष्ट्रियताको भावना जागृत गर्ने   निशुल्क  शिक्षाको ग्यारेन्टी गर्नु राज्यको दायित्व भए पनि बिदेशी संस्कृतिमा आधारित  आधुनिक अंग्रेजी बिद्यालयहरुले दिने सतही ज्ञानको   प्रभाबले  गर्दा  राष्ट्रको भविष्यको रुपमा रहेका बालबालिकाहरु  धर्म राष्ट्रियता र बैदिक चेतना  बिहिन मात्र भएका छैनन्  पश्चिमा मुलुकका नोकर र खाडी मुलुकका श्रमिक बन्न बाध्य पारिएका छन | त्यसैले नेपाली राष्ट्रियता , धर्म संस्कृति र दर्शनका विद्वानहरु  उत्पादन गरि  विश्वभर   पूर्वीय दर्शनको  आलोक प्रबाह गर्ने योजना सहित स्थापित जगद्गुरुकुलाम् का मूल उद्देश्यहरु  निम्नानुसार छन्    — वैदिक वाङ्मय र आधुनिक ज्ञानको तुलनात्मक अध्ययन /अध्यापन ।— प्राचीन र आधुनिक प्रविधि पक्षको   समन्वित पाठ्यक्रम  निर्माण । — ज्योतिष ,आयुर्वेद एवम् योगका विविध पद्धतिहरूको अध्ययन /अध्यापन |  — आ— आफ्नो धर्म ,सभ्यता ,संस्कार र संस्कृतिप्रति गौरव गर्ने शिक्षा  प्रदान गर्ने। — मातृ —पितृ भक्ति ,राष्ट्रप्रेमी ,सच्चरित्रवान् ,आदर्श एवं अनुशासित नागरिक निर्माण गर्ने शिक्षा प्रदान गर्ने। — स्वजाति ,स्वभाषा एवं स्वसंस्कारप्रति गौरव बढाउने शिक्षा प्रदान गर्ने ।— हाम्रा प्राचीन मूल्य,धार्मिक मान्यता र वसुधैवकुटुम्बकम्को आदर्शलाई उद्बोधन गराउने शिक्षा  प्रदान गर्ने । — वैदिक सनातन कर्मकाण्ड पद्धतिको अध्ययन अध्यापन प्रदान गर्ने।  — जननीजन्मभूमिश्च स्वर्गादपि गरीयसी को आदर्शलाई हृदयङ्गम गर्ने शिक्षा  प्रदान गर्ने — राक्ट्रिय अस्तित्वको संरक्षण  तथा नेपालको मौलिक पहिचान गराउने शिक्षा  प्रदान गर्ने । — नैतिक आदर्श  एवं चरित्र निर्माण गर्ने शिक्षा  प्रदान गर्ने । — राक्ट्रिय एकताको अपरिहार्यतालाई बोध गराउने शिक्षा  प्रदान गर्ने । 

आर्थिक श्रोत  व्यवस्थापन

 २०५५ सालमा  कौशिकी नदीको जल लिएर ५५ दिन लामो पैदल यात्रा गरि भगवान मुक्तिनाथमा समर्पण गरि  फर्किएर सुरु गरिएको प्रथम  श्रीमद्गोपाल  महायज्ञको यज्ञशेषबाट   निर्माण  गरिएको   तत्कालिन श्री राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान को मातहतमा प्राचिन गुरुकुलिय पद्दतीमा संचालित गुरुकुलम्    २०५९  सालमा तत्कालिन मन्त्रि श्री बलबहादुर के सि को अध्यक्षतामा औपचारिक रुपमा  श्री राधाकृष्ण संस्कृत  गुरुकुलम को नाम मा दर्ता भै स्थानीय संस्कृत प्रेमी भक्तजनको नियमित आर्थिक सहयोगमा  पठनपाठन  शुरु गरिएको थियो भने जगदगुरुको रुपमा बालसन्त महाराज श्री को काठमाडौँ शंखमुल स्थित अश्रममा  प्रवेश गर्नुभएकै दिन संकल्प गरिएको  जगद्गुरुकुलम संखामुल २०६९ सालको बशन्त पंचमी देखि संचालित छ |जगदगुरु  गुरुकुलममा   अध्यनरत सयौ विद्यार्थीहरुको    शैक्षिक मात्र नभई आवास र भोजन समेतको   निशुल्क व्यवस्था  गरिएको छ | जसको लागि तपाईहरु जस्तै   देश भित्र र विदेशमा रहेर पनि नेपाली धर्म सस्कृतिलाई माया गर्ने  भक्त तथा  सुभचिन्तकहरु बाट नियमित  प्राप्त हुने मुष्टिदानका साथै   आर्थिक श्रोत व्यवस्थापनको लागि  प्रत्येक गुरुकुलहरुको छुट्टाछुट्टै  अक्षयकोष समेत  स्थापना  गरिएको छ  |  आफ्नो   संस्कृति धर्म र बैदिक  ज्ञानलाई  संरक्षण र सम्बर्धन  गर्ने यस  महान  अभियानमा  यहाको पनि सहभागिता  रहन सक्नेछ  |  यसको लागि जगदगुरु आदर्श संस्कृत गुरुकुलम को राष्ट्रिय बाणिज्य बैंक , बानेश्वर काठमाडौँमा रहेको खाता नं  १४२०००४६५९०१ मा सहयोग जम्मा गर्न सक्नु हुनेछ |