जगदगुरु आदर्श संस्कृत गुरुकुलम , शंखमुल ललितपुर

 

गुरुकुलममा अध्ययनरत बिध्यर्थीहरु

 

जगदगुरु आदर्श संस्कृत गुरुकुलम  जगदगुरु पीठ  नेपालको शैक्षिक अभियान जगद्गुरुकुलम अन्तर्गत संचालित दोश्रो  विद्याश्रमको रुपमा स्थापित छ l नेपाल को राजधानी काठमाडौँ उपत्यका भित्र ललितपुर जिल्लाको शंखमूल स्थित जगदगुरु आश्रममा संचालित यो गुरुकुल २०६९ सालमा मा विधिवत दर्ता गरि संचालनमा छ l शुरुमा कक्षा ६ मा ५ जना बिद्यार्थीबाट प्रारम्भ भएको यो गुरुकुलम मा हाल कक्षा १० सम्मका जम्मा ५० जना बिद्यार्थी अध्ययनरत छन्  l हाल यस बिद्याश्रम को नेतृत्व  आचार्य  तुलशीशरण उपाध्याय गुरु बाट   भैरहेको छ l निशुल्क आवास र भोजन सहित संस्कृत शिक्षा प्रदान गरिने यस गुरुकुलको संचालनमा स्थानीय धर्म संस्कृति र शिक्षाप्रेमीहरुको योगदान रहेको छ l बिस्तृत जानकारी र प्राचार्य संग सम्पर्कका लागी फेसबुक पेज Shree Jagadguru Aadarsh Sanskrit Gurukulam  क्लिक गर्नु होला l